नियम २४
शेयर बिक्री गर्दा
समितिले आफ्नो शेयरहरू सर्वसाधारण जनतामा बिक्रीको लागि दिंदा समितिको स्थितिबारे पूरा जानकारी गराउन समितिको कारोबार, व्यवसाय, लगानी र आर्थिक स्थिति सम्बन्धी सबै विवरणहरू भएको उद्देश्यपत्र निकाल्नु पर्छ । त्यस्तो उद्देश्यपत्र साधारण सभाको स्वीकृति लिई निकाल्नु पर्छ ।